सरकारी अध्ययनले मुलुकमा २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरीबीको रेखामुनी रहेको देखाएको छ ।
राष्ट्रिय योजना आयोगले आज सार्वजनिक गरेको राष्ट्रिय बहुआयामिक गरीबी सूचकांक (एमपिआई) प्रतिवेदनले मुलुकमा २८.५ प्रतिशत जनता गरीबीको रेखामुनी रहेको उल्लेख गरेको हो ।
प्रतिवेदन स्वास्थ्य, शिक्षा र जीवनस्तर तीन आयामका कुपोषण, न्यून शिक्षा, बिजुली, खानेपानी तथा पर्याप्त सरसफाइजस्ता एमपिआईले अनुसरण गरेका १० वटा सूचकमा आधारित छ ।
प्रतिवेदनअनुसार प्रदेश नं २ र प्रदेश नं ६ मा बहुआयामिक गरीबीको दर उच्च रहेको छ । यी दुई प्रदेशका ५० प्रतिशत जनता गरीबीको रेखामुनी छन् ।
प्रदेश नं २ र ६ का अधिकांश जनता खाना पकाउने इन्धन, सरसफाइ, बिजुली, शिक्षा एवम् स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट वञ्चित छन् ।
त्यस्तै प्रदेश नं ५ र ७ मा गरीबीको दर ३० प्रतिशत तथा प्रदेश नं ३, १ र ४ मा १५ प्रतिशत रहेको प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनमा ४१.६ प्रतिशत बालबालिका बहुआयामिक गरीबीमा रहेको उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस