Local Level Election 2074National News

१ सय ३६ मध्ये १ सय ३२ स्थानीय तहको मत परिणाम सार्वजनिक

आश्विन १०, २०७४- स्थानीय तह निर्वाचन अन्र्तगत तेस्रो चरणमा असोज २ गते भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन भएका १ सय ३६ स्थानीय तहमध्ये हालसम्म १ सय ३२ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भईसकेको छ । पर्साको वीरगञ्ज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिका, बाराकै बारागढी गाउँपालिका तथा सप्तरीको राजविराज नगरपालिका गरी ४ स्थानीय तहको मतपरिणाम आउन बाँकी छ ।

घोषित मतपरिणाम अनुसार कंग्रेसले ३८ स्थानीय तह जित्दै २ नम्बर प्रदेशमा सबैभन्दा ठुलो दल बनेको छ । सो प्रदेशमा संघीय समाजवादी फोरमले २५, राष्ट्रिय जनता पार्टीले २४ र माओवादी केन्द्रले २१ स्थानीय तहमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

एमालेले १८, फोरम लोकतान्त्रिकले ३, नेपाली जनता दलले २ र नयाँ शक्ति नेपालले १ स्थानीय तहमा जित हासिल गरेका छन् । गणना भईरहेका ४ स्थानीय तहमध्ये कंग्रेस , संघीय समाजवादी फोरम, राजपा र एमाले एक–एक स्थानमा अगाडि छन् ।

प्रतिक्रिया लेख्नुहोस

Source
eKantipur
Show More

Related Articles

Back to top button