ह्याक द क्वेक आइडियाथन हुने
काठमाडौं, जेष्ठ १७ – विनाशकारी भूकम्पले देशका विभिन्न १२ जिल्लाहरुमा पुर्याएको जनधनको क्षतिबाट सिर्जित समस्यामा सघाउन जानकी टेक्नोलोजी र इन्जिनियरिङ अध्ययन संस्थान अलुम्नाई सदस्यहरुको अगुवाईमा हृयाक द क्वेक आइडियाथन हुने भएको छ ।
आयोजना हुने भएको छ । समस्याको घडीमा एकता, सद्भाव र सहअनुभुतिको सन्देश प्रवाह गर्न आयोजित प्रतिस्पर्धामा प्रथम चरणमा आनो गाउँ र समाजसाग अभ्यस्त बौद्धिक स्तरबाट दिर्घकालिन समाधानको योजना प्रस्ताव सहित सहभागि हुन सकिने जानकी टेक्नोलोजीका अमित अग्रवालले बताए । प्रस्तावमध्ये उत्कृष्ट ३ योजनाहरुलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ । उत्कृष्ट प्रस्तावहरुलाई सोचलाई कार्यन्वयन गर्न सरकार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायहरुलाई सहयोगका लागि आग्रह गरिने विज्ञप्तिमा छ । योजना प्रस्तावको आवेदनमा शुद्ध खानेपानी, अस्थायी घर र आवास, स्थायी घर र आवास, सुचना सम्प्रेषणको सहजीकरण , विद्युतीय पहुाच सम्बन्धी योजना (सोलारलगायत), स्वस्थ खानपानको व्यवस्था र अत्यावश्यक स्वास्थ्योपचार सेवा सम्बन्धी योजना समावेश गरिनु पर्ने विज्ञप्तिमा छ । -ekantipur-
प्रतिक्रिया लेख्नुहोस