National News
सप्तरी घटनापछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, हजारौं यात्रु अलपत्र
६ मंसिर, काठमाडौं । सप्तरीमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएर दुई जनाको ज्यान गएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वबाट काठमाडौंका लागि छुटेका तथा काठमाडौंबाट पूर्वका लागि छुटेका सयौं सवारी बीच बाटोमै रोकिएका छन् ।
राजमार्ग अवरुद्ध गरेर बसेका मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीले चलाएको गोली लागेर बीरेम राम र नागेश्वर यादवको ज्यान गएको छ । १७ जना घाइते भएका छन् ।
पूर्वका लागि छुटेका सवारी महोत्तरीको रातुखोलादेखि सर्लाहीको बाँके नदीसम्मलाईन लागेका छन् । राति स्कटिङमा ल्याउने तयारी गरेर ल्याइएका इलाम, झापा तथा मोरङका रात्रि वस इटहरीमा रोकिएका छन् । यता सप्तरीको भारदहबाट पनि स्कटिङ गरेर लैजाने सवारी बीचमै रोकिएका छन् ।
-Onlinekhabar-
प्रतिक्रिया लेख्नुहोस