National News
सप्तरीमा तनाव, प्रहरीको गोली लागी दुईको मृत्यु
सप्तरी, १ भाद्र । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संघीय मधेशी मोर्चा र थारु समुदायलगायतले घोषणा गरेको अनिश्चितकालीन मधेश–तराई–थरुहट बन्दको क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा दुई जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । बन्दको क्रममा झडप हुँदा दर्जनौं सेल अश्रुग्यास र गोली प्रहार गरेका छन् ।
सप्तरीको भारदहमा प्रहरीको गोली लागी सन्तोष झा र राजीव राउतको मृत्यु भएको नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का राष्ट्रिय अध्यक्ष विकास तिवारीले मधेशवाणीलाई जानकारी दिएका थिए । भादरहमा अहिले तनावग्रस्त अवस्था रहेको छ । प्रहरीले झा र राउतको छातीमा गोली हानेको प्रत्यक्षदर्शीहरु बताउँछन् । सप्तरीको भारदह अहिले रणभूमिमा परिणत भएको छ । प्रहरीले अन्धाधुन्ध गोली र अश्रुग्यास चलाउँदा दर्जनौं सर्वसाधारण घाइते भएका छन् ।
-Madheshvani-
प्रतिक्रिया लेख्नुहोस