National News

सप्तरीमा गोली हानेर प्रहरी असईको हत्या

२० पुस, राजविराज । सप्तरीमा प्रहरी सहायक निरीक्षक (असई) हत्या भएको छ । जिल्लाको भारतीय सिमावर्ती गाउँ झुटकी प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई रमेश सुब्बामाथि सोमबार साँझ ६ बजेतिर गोली प्रहार भएको थियो ।
छाती तथा तिघ्रामा एक/एक गोली गोली लागेका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो ।

गस्तीमा निस्केको बखत प्रहरी चौकी नजिकै दुई वटा भारतीय नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले उनीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिए ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० निवासी सुब्बा ३५ बर्षका थिए । भद्र प्रहरीको रुपमा चिनारी बनाएका सुब्बाको कसैसँग कुनै किसिमको रिसइबी समेत नरहेको प्रहरी स्रोतको भनाइ छ ।

सुब्बा इन्चार्ज रहेको प्रहरी चौकीमा १६ जना प्रहरीको दरबन्दी थियो । घटनापछि त्यहाँका सम्पूर्ण प्रहरीलाई इलाका प्रहरी कार्यालय बोदे बर्साइनमा सारिएको छ ।

अहिले झुटकी आसपासको क्षेत्रमा व्याप्क प्रहरी परिचालन गरिएको छ । ‘अहिले त्यस क्षेत्रमा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ’ जिल्ला प्रहरी प्रमुख एसपी ढकालले भने-हत्याराको तिब्र गतिमा खोजी भइरहेको छ ।’
-Onlinekhabar-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button