संयुक्त राष्ट्रसंघलाई २० लाख हस्ताक्षर बुझाइयो (विज्ञप्तिसहित)
१९ कार्तिक/काठमाडौं – संघीय मधेशी मोर्चाले संयुक्त राष्ट्र संघमा कपडामा गराईएको २० लाख हस्ताक्षर तथा अनलाइनबाट संकलित १७ हजार ३ सय ८२ हस्ताक्षर बुझाएको छ । मधेश आन्दोलनको समर्थनमा मधेशका बिभिन्न जिल्लाहरुमा संचालन गरिएको हस्ताक्षर अभियानमा संकलित २० लाख भन्दा बढी जनताको हस्ताक्षर सहित नेपालमा मधेशी जनताले गरिराखेको आन्दोलनमा सहयोग समर्थन तथा ध्यानाकर्षण गर्न आग्रह गर्दै ज्ञापन पत्र समेत बुझाएको छ ।
प्रेस विज्ञप्ति
आज मिति २०७२ कात्तिक १८ गतेका दिन संघीय मधेशी मोर्चा द्वारा संयुक्त राष्ट्र संघ का आवासिय प्रतिनिधि श्री जेमी मैक गोल्डरीक मार्फत संयुक्त राष्ट्र संघ महासचिवलाई मधेश आन्दोलनको सहयोग गर्दै मोर्चा द्वारा उठाइएका मुद्दाहरुको समर्थनमा संयुक्त राष्ट्र संघको ध्यानाकर्षणको लागि २० लाख भन्दा बढी जनताको हस्ताक्षर हस्तान्तरण गरिएको छ । मधेश आन्दोलनको समर्थनमा मधेशका बिभिन्न जिल्लाहरुमा संचालन गरिएको हस्ताक्षर अभियानमा संकलित २० लाख भन्दा बढी जनताको हस्ताक्षर सहित नेपालमा मधेशी जनताले गरिराखेको आन्दोलनमा सहयोग समर्थन तथा ध्यानाकर्षण गर्न आग्रह गर्दै ज्ञापन पत्र समेत बुझाएको छ । नेपाल स्थित संयुक्त राष्ट्र संघ कार्यालयमा आज दिउंसो आयोजित एक कार्यक्रममा मोर्चाका घटक दलका नेताहरुको समुपस्थितीमा कपडामा गराइएको बिस लाख हस्ताक्षर तथा अनलाइनबाट संकलित १७३८२ हस्ताक्षर संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरणको क्रममा जारी मधेश आन्दोलनमा राज्य पक्ष द्धारा भई रहेको दमन तथा हत्याको बिरुद्ध संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउँदै आवश्यक भूमिकाको लागि आग्रह गरिएको थियो । उक्त कार्यक्रममा संयुक्त राष्ट्र संघ का आवासिय प्रतिनिधि जेमी मैक गोल्डरीकले संकलित गरिएको हस्ताक्षर बुझदै आफुले उक्त हस्ताक्षरहरु तथा ज्ञापन पत्र संयुक्त राष्ट्र संघका महासचिव सम्म पुर्याइ दिने कुरा बताउँदै मधेशमा भईरहेको आन्दोलन र त्यस क्रममा भई रहेको जन धनको क्षति प्रति चिन्ता ब्यक्त गर्नु भयो । उहाँले आफु मधेशी जनताको मुद्दाहरुसंग जानकार रहेको र शान्तिपुर्ण तरिकाबाट यसको समाधान निकाल्नु पर्ने पक्षमा रहेको कुरा बताउनु भयो ।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष श्री अनिल कुमार झा, लोक दलका अध्यक्ष श्री कौशल सिंह, बहुजन समाज पार्टीका अध्यक्ष श्री गंगा महरा, लोकतान्त्रिक पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र यादव सहित नेपाल सद्भावना पार्टीका नेताहरु श्री सुनिल रोहित, कौशलेन्द्र मिश्र, श्रीमन नारायण मिश्र, राजिव झा, रोशन सिंह राना , रुपेश चौधरी तथा लोक दलकी नेतृ इन्दिरा साहको उपस्थिती रहेको थियो ।
संघीय मधेशी मोर्चाले यस हस्ताक्षर संकलन अभियानमा सहभागि भई हस्ताक्षर गर्ने सबै महानुभावहरुमा धन्यबाद ज्ञापन गरेको छ ।
मोर्चा द्धारा संयुक्त राष्ट्र संघका महासचिवलाई पठाइएको ज्ञापन समेत यसैसाथ संलग्न गरिएको छ ।
……………..
(प्रवक्ता)
-Madheshvani-
प्रतिक्रिया लेख्नुहोस