विमानस्थल छेउँका अग्ला घर भत्काउने निर्णय
काठमाडौं- काठमाडौं महानगरपालिकाले राजधानीको कोटेश्वर चोकमा रहेका अग्ला घरले हवाई उड्डयन सुरक्षामा गम्भीर असर पुर्यांइरहेको निष्कर्ष निकाल्दै त्यस्ता घर भत्काउने निर्णय गरेको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसहित यहाँ उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले कोटेश्वर चोकका अग्ला घरका कारण आफ्ना जहाजले कम तौल वा यात्रु बोक्नुपरिरहेको गुनासो तथा उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उड्डयन सुरक्षामा गम्भीर असर पुर्याेइरहेको निष्कर्षपछि महानगरपालिकाले ती घर भत्काउने निर्णय गरेको हो।
महानगरपालिकाका इन्जिनियर वीरबहादुर खड्को संयोजकत्वमा गत मंसिर १५ मा गठित तीन सदस्यीय टोलीले कोटेश्वर चोकमा रहेका ३९ घरको स्थलगत निरीक्षण गरी तयार पारेको प्रतिवेदनले ६ वटा घर भत्काउनुपर्ने र चारवटामा अब तला थप्न नमिल्ने सुझाव दिएको छ।
‘प्रतिवेदनअनुसार हवाई उड्डयन सुरक्षामा गम्भीर असर पुर्या।इरहेका ६ वटा घर भत्काउने निर्णय गरेका छौं,’ महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले आइतबार नागरिकसँग भने, ‘ती घरको सबैभन्दा माथिल्लो तलाबाट भुइँतिर साढे चार मिटरसम्म भत्काइने छ।’
भत्काउनुपर्ने घरमा टाँस्नका लागि आइतबार चिठी तयार भएको उनले बताए। सोमबारबाट १० दिने म्याद राखिएका त्यस्ता चिठी ती घरमा टाँसिने छ। ‘तोकिएको मितिभित्र घरधनीले आफैं भत्काएनन् भने हामी भत्काउने छौं,’ कार्यकारी प्रमुख तामाङले भने, ‘त्यसरी भत्काउँदा लागेको खर्च घरधनीसँग असुलउपर गर्ने छौं।’
महानगरपालिकाका अनुसार शून्य दशमलव २६ फिटदेखि १४ दशमलव ३७ फिटसम्मका बढी उचाइ भत्काइने छ। तीमध्ये कोटेश्वर चोककै सबैभन्दा अग्लो घर स्थानीय सन्तलाल शाहीको १४ दशमलव ३७ फिट भत्काइने छ। शाहीको घर उड्डयन सुरक्षामा सबैभन्दा खतरापूर्ण रहेको नागरिक दैनिकले गत साउन १८ मा खुलासा गरेको थियो।
त्यसको भोलिपल्टै नागरिक उड्डयन प्राधिकरणले यसबारे छानबिन समिति गठन गरेको थियो। उक्त समितिले साउन अन्तिम साता शाहीको सहित अन्य अग्ला घर भत्काउनुपर्ने निष्कर्ष निकालेको थियो। छानबिन समितिले ‘राजनीतिक शक्तिकेन्द्र’ सम्म पुहँच भएका शाहीको कोटेश्वर चोकस्थित सबैभन्दा अग्लो आठतले घरसहित सम्पूर्ण अग्ला घरले उड्डयन सुरक्षामा पुर्याभएको असर तथा अन्तर्राष्ट्रिय वायुसेवाका जहाजलाई आफ्नो पूर्णक्षमताभन्दा कम यात्रु वा कार्गो बोक्न वाध्य पारिरहेको र त्यसबाट मासिक करोडौं घाटा बेहोरिरहेको विषयलाई उच्च प्राथमिकता दिएर छानबिन गरेको थियो।
छानबिन समितिले प्रतिवेदन तयार गर्ने क्रममा स्थानीयसँग पनि व्यापक सोधपुछ गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको दक्षिणपट्टि रहेको कोटेश्वर चोकमा रहेका घरका लागि काठमाडौं महानगरपालिकाले सुरुमा साढे तीनतलाको मात्र नक्सा पास गरेको स्थानीयले जानकारी दिएका थिए। त्यसपछि केहीले ‘गैरकानुनी’ तरिकाले तला थप्दै नौसम्म पुर्यारएका थिए। स्थानीयका अनुसार शाहीले पनि तला थप्दै नौ पुर्याैएका थिए। गत वैशाखमा आएको विनाशकारी भूकम्पले उनको घरको नवौं तलामा क्षति पुगेपछि उनले आफैं भत्काएका थिए। अहिले उनको घर आठतले छ। प्रतिवेदनले तीन तलाभन्दा माथिका सबै घर भत्काउनुपर्ने निष्कर्ष निकालेको थियो।
यता अहिले महानगरपालिकाले तयार पारेको प्रतिवेदनमा भने वृन्दा फैंजुको घर ७ दशमलव ४ फिट, दीपक पराजुलीको घर ८ दशमलव ३ फिट, रामप्रकार श्रेष्ठको ८ दशमलव ३१ फिट र लीला ढकालको घर ८ दशमलव ९३ फिट भत्काउनुपर्ने उल्लेख छ।
त्यसैगरी साउन २५ मा व्यवस्थापिका संसदको विकास समितिले पनि कोटेश्वर चोकमा रहेका अग्ला घरले उड्डयन सुरक्षामा पुर्यामइरहेको असरबारे समस्या समाधान गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न सरकारलाई निर्देशन दिएको थियो। समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल लगायतसँग छलफल गरेपछि पर्यटन मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास प्राधिकरण र काठमाडौं महानगरपालिकालाई ती घरबाट सिर्जित समस्या समाधान गर्न निर्देशन दिएको थियो। त्यसलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि कोटेश्वरका अग्ला घरबारे छानबिन गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको थियो।
शाहीको उक्त घर नक्सा पासविपरीत निर्माण भएको काठमाडौं महानगरपालिकाले त्यहीबेला पनि पुष्टि गरेको थियो। महानगरपालिकाका अनुसार शाहीले उक्त घर साढे पाँच तलामात्र निर्माण गर्ने गरी नक्सा पास गराएका थिए। तर, ठिक विपरीत उनले साढे दुई तला थपेका थिए भने अन्तिममा फलाम (ट्रस) बाट थप एकतला निर्माण गरेका थिए। त्यसबीचमा प्राधिकरणले शाहीलाई तल नथप्न आग्रह गरे पनि उल्टै अटेर गर्दै तला थपेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्दा जुन ठाउँबाट जहाजले भुइँ छाड्छ, त्यहाँबाट दक्षिणपट्टि ३ सय मिटरजतिको दुरीमा शाहीको सँगै अन्य अग्ला घर ठडिएका छन्। ती घरका कारण ३ सय सिट क्षमतासम्मका ठूला जहाजले आफ्नो भारवहन क्षमताभन्दा झन्डै ६ टन (६ हजार किलो) र १ सय ५० देखि १ सय ७० सिट क्षमताका साना जहाजले दुई टन (२ हजार किलो) कम तौल बोक्दै आएका छन्। तोकिएकै जति तौल लिएर उड्दा तिनै घरका कारण दुर्घटना हुन सक्ने डर रहेको वायुसेवा कम्पनीहरूको भनाइ छ।
नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका अनुसार यस्तो समस्याका कारण ठूला जहाजले यहाँबाट जाँदा एउटा उडानमा सिटभन्दा ५४ र सानाले १८ यात्रु कम बोकिरहेका छन्। केहीले भने कार्गो कम बोकिरहेका छन्।
नेपाल वायुसेवा निगमको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०’ सिरिजको जहाजले पनि १ सय ४० मात्र यात्रु बोकेर उडान भरिरहेको छ। यो हिसाबले एक उडानमा १८ यात्रु कम हुँदा दैनिक एक उडानमा निगमले ५ लाख ४० हजार रुपैयाँ आम्दानी गुमाइरहेको छ। निगमले २ जहाजबाट दैनिक एक–एक उडान गरिरहेको छ जसबाट दैनिक करिब १० लाखभन्दा बढी आम्दानी गुम्छ।
निगमको भन्दा ठूला जहाज र बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको आम्दानी धेरै उच्च छ। कुनैले दैनिक चार उडानसम्म गरिरहेका छन् भने कुनैले दैनिक एक उडान गरिरहेका छन्। अधिकांशले सानो आकारका जहाज ल्याउँछन्। कतार एयरवेज, टर्किस एयरलाइन्स, थाई एयरवेजलगायतले भने ठूलो आकारका जहाज ल्याउने गरेका छन्।
-Nagariknews-
प्रतिक्रिया लेख्नुहोस