National News
विपक्षी ९ दलको शक्ति प्रदर्शन आज
२२ पुस, काठमाडौं । नेकपा एमालेसहित विपक्षी ९ दलले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । संविधान संशोधन विधेयकको विरोधमा विपक्षी ९ दलले प्रदर्शनसहित आमसभा गर्दैछन् ।
विपक्षी दलहरुले डेढ लाख जनतालाई सडकमा उतार्ने दाबी गरेका छन् । प्रदर्शनमार्गमा सडकमै मञ्च बनाइएको छ । र, पद्मोदय मोडसम्म सहभागीहरुलाई राखिने एमालेले जनाएको छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ९ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभाअघि राजधानीका विभिन्न स्थानबाट जुलस निस्कनेछ ।
-Onlinekhabar-
प्रतिक्रिया लेख्नुहोस