म फेसबुक, ट्विटर हेरेर काम गर्ने मान्छे होइन: ओली
काठमाडौं—जम्बो मन्त्रिपरिषद बनाएको, कालाे बजार प्रवर्द्धन गरेकाे भनेर चौतर्फी आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सामाजिक सञ्जाल फेसबुक र ट्विटर हेरेर काम गर्ने मान्छे नभएको अभिव्यक्ति दिएका छन्।
रिपोटर्स क्लबले प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओली र सञ्चारकर्मीबीच भएको अन्तरक्रियामा उनले भने, ‘म फेसबुक ट्विटर हेरेर काम गर्ने मान्छे हुँइन। जति दिनसम्म बस्छु, राम्रोसँग काम गर्छु।’
फेसबुक र ट्विटरको आलोचनाप्रति संकेत गर्दै उनले भने, ‘आलोचना दुई किसिमले हुने गर्छन्। एउटा सरकारले कामै गलत गरेर हुन्छ। अर्को प्रतिस्पर्धात्मक राजनीतिमा विपक्षीको आलोचना हुनु स्वभाविक हो’, ओलीको भनाइ थियो।
विश्वका धेरै सरकार तथा संघसंस्थाहरूले सामाजिक सञ्जालमा अाउने सर्वसाधारणका अभिव्यक्तिलाइ जनताकाे अावाज सुन्ने माध्यमका रूपमा प्रयाेग गर्दै अाएका छन्।
म ताक्छु मुडो बञ्चरो ताक्छ घुँडो
छिटोछरितो मन्त्रिपरिषद आफ्नो पनि रुचिको विषय भएको प्रधानमन्त्री ओलीले दाबी गरे। ‘मलाई पनि १५–१६ जनाको मन्त्रिपरिषद बनाएर छिटोछरितो काम गर्ने मन थियो। परिस्थिति म ताक्छु मुडो बञ्चरो ताक्छ घुँडो भने जस्तो भएको छ’, उनले भने। प्रमुख राजनीतिक शक्तिले सहमति भाँडेर गएपछि अहिलेको स्थिति आएको उनको भनाइ थियो। कांग्रेसले सहमति तोडेर देशलाई यो अवस्थामा ल्याइपु¥याएको प्रधानमन्त्रीले संकेत गरे।
‘धेरै वटा पार्टीको संयुक्त सरकार चलाउनु परेको छ। अलिअलि फरक त पर्छ’, उनले भने।
संविधानकाे भावना विपरित जम्बाे मन्त्रिपरिषद बनाएकाे, कालाे बजारीलाइ प्रश्रय दिएकाे भनेर पछिल्लाे समय सरकारकाे जनस्तरबाट कडा अालाेचना हुँदै अाएकाे छ। यही सन्दर्भमा प्रधानमन्त्रीले साेमबार प्रस्टिकरण दिएका हुन्।
-Nagariknews-
प्रतिक्रिया लेख्नुहोस