National News

मोर्चाको बैठक सकियो,अान्दोलन थप कडा पार्ने संकेत

राजविराज-सप्तरी सदरमुकाम राजविराजमा मंगलबार रातीदेखि चलेको संयुक्त मधेशी लोकतान्त्रीक मोर्चाको बैठक सकिएको छ। मोर्चा निकट स्रोतकाअनुसार बैठकले ४० दिनदेखि जारी बन्दलाई यथावत राख्ने निर्णय गरेको छ।

बैठकले आन्दोलनलाई अझ सशक्त पार्न आन्दोलनरत अन्य मोर्चाहरुसँग सहकार्य गर्ने निर्णाय गरेको छ।

यसकालागि सदभावनाका महासचिव मनिष सुमन, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, तमलोपाका गोबिन्द चौधरी र तराई मधेश सदभावना पार्टीका रामनरेश राय सम्मीलित कार्यदल गठन गरिएको सहभागी नेताले बताए।

अबको आन्दोलन राजमार्ग र भन्सार केन्द्रीत रहने ति नेताको भनाइ छ। मुख्य भन्सार नाकाहरु काकरभिट्टा, विराटनगर, नेपालगञ्ज, भैरवा, विरगञ्ज लगायतका नाकाहरुलाई पूर्ण ठप्पपार्नेगरी आन्दोलनका कार्यक्रमहरु अघि ल्याउने निर्णय गरीएको स्रोतले बतायो। स्कुल, हाटबजार, पसल खुलाउन केही लचक हुने बैठकमा निर्णय भएको छ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अनिरुद्धप्रसाद सिंह यादवको राजविराज–१ स्थित घरमा मंगलबार राति १० बजेदेखि थालिएको बैठक बुधवार दिउँसो २ बजे सकिएको हो।

बैठकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणुकुमारी यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सह–अध्यक्ष हृदयेश त्रिपाठी, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, बरिष्ठ उपाध्यक्ष नवलकिशोर साह, तराई मधेश सदभावना पार्टीका महेन्द्र राय यादव लगायतको सहभागिता रहेको मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश यादवले जानकारी दिए।बुधवार ४ बजे पत्रकार सम्मेलन आयोजना गरेर निर्णय सार्बजनि गर्ने बताइएको छ।

-Nagariknews-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button