National News

मधेसी मोर्चाभित्रको विवाद सार्वजनिक रुपमै छताछुल्ल

पुस १९, २०७३- मधेसी मोर्चाभित्रको विवाद सार्वजनिक रुपमै अभिव्यक्त अभिव्यक्त हुन थालेको छ । मोर्चामा आन्तरिक असन्तुष्टि बढेपछि आवद्ध दलका नेताहरुले सार्वजनिक रुपमा एकअर्कोको चर्को आलोचना गर्ना थालेका छन् । मोर्चा सम्बद्ध सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दे भने, ‘कसैले आफ्नो पार्टीबाट मधेसी शब्द हटाउँदैमा मधेसीको हक अधिकारको आन्दोलन रोकिनेवाला छैन् ।’

सप्तरी सदरमुकाम राजविराजमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा महतोले भने,– ‘नेता गद्धार हुन सक्छन् तर जनता अधिकार लिएरै छाड्छन् त्यसैले कोही नेता गद्दार हुँदैमा आन्दोलन रोकिनेवाला छैन् ।’ पछिल्लो समय मधेसी मोर्चामा आबद्ध दलका नेताहरुमा देखिएको तिक्तताका विषयमा सोधिएको प्रश्नमा महतोले यद्यपि उनले मोचामा आबद्ध दलबीच अझै पनि एकता रहेको दाबी पनि गरे ।

एमाले संसदीय प्रक्रिया अवरुद्ध गर्ने र गैरसंसदीय चरित्र बोकेको पार्टी भएको आरोप लगाउँदै महतोले एमालेमुक्त मधेस अभियान सुरु गर्न लागेको बताए । उनले भने, ‘अब एमालेमुक्त मधेसको अभियान सञ्चालन हुँदै, गाउँ गाउँबाट एमालेलाई बिदाई गरिनेछ ।’ ‘ईटाको जवाफ पत्थरले दिनुपर्छ’ भन्दै महतोले महाभारतको श्लोक ‘विना युद्धेन केशव’ उल्लेख गर्दे थपे, ‘एमालेले मुलुकलाई युद्धतर्फ मोड्दै छ, पाँच जिल्लाका विषयमा अड्को थापेको छ त्यसैले अब महाभारतकै तयारी गर्नुपर्छ ।’

एनजिओ, आइएनजिओका नाममा अहिले एमालेले मधेसका जिल्लामा कार्यक्रम गर्न खोजिरहेको आरोप लगाउँदै महतोले भने, ‘मधेसी जनता एमालेलाई ठेगान लगाउन रेडी भएर बस्या छ, हिम्मत छ भने राजनीतिक र संविधानसम्बन्धी कार्यक्रम लिएर एमाले मधेसमा आओस, जनताले ब्याण्डबाजासहित बिदाई गर्नेछ ।’

कांग्रेस, एमाले र माओवादी केन्द्रमा लागेका मधेसीहरु गुलाम भएको आरोप लगाउँदै सद्‍भावना अध्यक्ष महतोले ती पार्टीमा रहेका मधेसी मधेसका सबभन्दा ठूलो दूश्मन भएको आरोप लगाए ।

सर्वोच्च अदालतको सोमबारको फैसलाले संविधान संसोधनका लागि बाटो खोलिदिएको बताउँदै महतोले संसदमा दर्ता भएको संशोधन प्रस्ताव सरकारले तत्काल टेबुल गरी परिमार्जनसहित पास गरेर मात्र निर्वाचनमा जानुपर्ने बताए ।

 

-eKantipur-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button