National News
मधेश आन्दोलनलाई समर्थन गर्दै २ घण्टा धर्ना
१९ कार्तिक/काठमाडौं । संघीय समाजवादी महिला फोरम नेपालले मधेश आन्दोलनको समर्थनमा सरकार विरुद्ध नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि तीन घन्टा धर्ना दिएको छ ।
महिला फोरम नेपालकी अध्यक्ष निर्मला यादवको नेतृत्वमा आयोजित विरोध कार्यक्रम बिहिवार बिहान ९ देखि ११ बजेसम्म जारी रह्यो । मधेशको माग सम्बोधन गर, प्रहरी दमन बन्द गर, आन्दोलनकारीसँग तत्काल सार्थक वार्ता गर, देशभर उत्पन्न इन्धन र ग्यासको आपूर्ति सहज गर जस्ता नारा लगाउँदै उनीहरुले धर्ना बसेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस