National News

भारतको विरोध गर्दै भीआइपी कालोबजारी

काठमाडौं, ११ माघ – दैनिक तीन लाख पेट्रोलियम पदार्थ खपत हुने नेपालको राजधानी काठमाडौं उपत्यकामा दैनिक लाखौं लिटर पेट्रोलियम पदार्थ कहाँबाट पूर्ति भइरहेको छ ? काठमाडौं उपत्यकामा दश हजार ट्याक्सी गुड्छन् । एउटा ट्याक्सी बराबर दश लिटर तेल हिसाब गर्दा दैनिक एक लाख लिटर पेट्रोल आवश्यक पर्दछ ।

आयल निगमले ट्याक्सीलाई तेल नदिएको तीन महिना भइसक्यो, तर सबै ट्याक्सी चलेकै छन् । निजी सवारी साधन सडक जाम गर्दै चलेकै छन् । अनि दैनिक लाखौं लाख लिटर खपत हुने पेट्रोलियम पदार्थको पूर्ति कहाँबाट कसले गरिरहेको छ ? प्रश्नको सीधा जवाफ हुन्छ, कालो बजारियाले वितरण गरिरहेका छन् ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का र तेल माफियाको मिलेमतो र सरकारी संरक्षणमा पेट्रोलियम पदार्थको कालो बजारी चम्किई रहेको साँघु साप्ताहिकले खबर लेखेको छ ।

वीरगञ्ज नाका बाहेक नेपाल भारतका सबै व्यापारिक नाका सहज ढंगले खुल्ला रहेको अवस्थामा पनि पेट्रोलियम पदार्थ आम जनताको पहुँचभन्दा बाहिर भइरहेको र नेपालका राजनीतिक दल र सरकारका प्रतिनिधि, मन्त्रीहरुले भारतले घोषित अघोषित नाकाबन्दी गरिरहेको भनेर भारततिर धारे हात लगाएर देशभित्र संयुक्त सरकार नै माफियातन्त्र चलाई रहेको छ भन्ने रिपोर्ट नयाँ दिल्लीले पाएपछि २०७२ माघ ६ गतेदेखि माघ ८ गतेसम्म तीन दिन नयाँ दिल्लीबाट आएको भारतीय अधिकारीहरुको विशेष टोलीले नेपालको अहिलेको पेट्रोलियम पदार्थको कालो बजारको स्थितिको विशेष प्रतिवेदन प्रस्तुत गरेको छ ।
-Nepalese.org-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button