National News

तिहारपछि आन्दोलनरत दलका शीर्ष नेता र प्रमुख दलका शीर्ष नेताहरुबीच वार्ता हुन्छ : गच्छदार

२५ कार्तिक/काठमाडौं – उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तिहारपछि आन्दोलनरत दलका शीर्ष नेता र प्रमुख दलका शीर्ष नेताहरुबीच वार्ता हुने बताएका छन् ।

उनले ठोस बटमलाइन लिएर शीर्ष नेताहरुबीच वार्ता हुने बताएका हुन् ।  मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) अध्यक्षसमेत रहेका गच्छदाले शीर्ष नेताहरुको वार्तापछि वार्ता टोलीले ठोस प्रस्ताव लिएर वार्ता गर्ने जनाएका हुन् । उनले प्रदेशहरुको सीमा पुनःरेखाङकन नगरी मधेश समस्या समाधान नहुने बताएका छन् ।

उनले मधेशमा मेचीदेखि महाकालीसम्म दुई प्रदेश हुनुपर्ने धारणा राखेका छन् । उनले समानुपातिक समावेशिता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र सीमांकनलाई संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button