तातिँदै काठमाडौं
काठमाडौं- अघिल्ला वर्षको तुलनामा यस वर्ष मध्य र पश्चिम नेपालका सहरहरू निकै तातिएका छन्। यी दुवै क्षेत्रमा आगामी केही दिनसम्म तापक्रम घट्ने सम्भावना नभएको मौसमविदहरूले अनुमान गरेका छन्।
‘मध्य र पश्चिम नेपालमा तापक्रम तत्काल घट्ने देखिँदैन, बरु बढ्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद सुवास रिमालले नागरिकस”ग भने, ‘मनसुन सुरु भइनसकेको र प्रारम्भिक मनसुन पनि सक्रिय नभएकाले यो अवस्था आएको हो।’
आइतबार काठमाडौको तापक्रम शनिबारको तुलनामा दशमलव ५ डिग्री सेल्सियसले घटेर ३४.५ भएको छ। मध्य र पश्चिम नेपालका सहरहरूको तापक्रम पनि शनिबारको तुलनामा एक डिग्री सेल्सियसको बीचमा घटबढ भएको देखिन्छ। रिमालले पूर्वी नेपालमा भने तापक्रम खासै नबढ्ने बताए। ‘घटन सक्छ, बढ्दैन,’ उनले भने।
रिमालले पानी नपर्दासम्म तापक्रम नघट्ने बताए। उनका अनुसार सुक्खा मौसम र जलवाष्फयुक्त मौसम प्रणाली पूर्व र पश्चिम कतै पनि सक्रिय नभएकाले पानी नपरेको हो। ‘पानी पर्ने प्रणाली तत्काल कतै देखिएको छैन,’ रिमालले भने, ‘मनसुन सक्रिय नहु”दासम्म तापक्रम घट्ने सम्भावना रहँदैन।
सामान्यतया मनसुन जेठ अन्तिम साता नेपाल प्रवेश गर्छ। यो बंगालको खाडी हुँदै पूर्वी नेपालमा नेपाल प्रवेश गरेर एक साताभित्र पश्चिम नेपाल पुग्छ। ‘सामान्य मितिमा मनसुन नेपाल भित्रन्छ कि भित्रँदैन भन्ने यकिन गर्ने अवस्था छैन,’ उनले भने। छिमेकी मुलुक भारतमा पनि यस वर्ष मनसुन ढिलो हुने अनुमान गरिएको छ।
काठमाडौंमा शनिबार तीन वर्षयताको सबैभन्दा तातो दिन भएको थियो। शनिबार अधिकतम तापक्रम ०६९ जेठ ३१ गतेपछिको सबैभन्दा बढी ३५ डिग्री सेल्सियस पुगेको थियो। रिमालका अनुसार ०६९ जेठ ३१ गते काठमाडौंको अधिकतम तापक्रम ३५ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो।
त्यसो त काठमाडौंको अहिलेसम्मको सबैभन्दा बढी तापक्रम ०४६ वैशाख २५ मा थियो। त्यतिबेला अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो। त्यसयता ०६६ चैत ३१ गते ३४ दशमलव ६ र ०६९ चैत ३० मा ३३ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो।
यसैगरी, धनगढीको तापक्रम आइतबार यो वर्षकै सबैभन्दा बढी ४१ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ। गत ९ गते ४१ दशमलव शून्य ९ डिग्री सेल्सियस पुगेको थियो। त्यहा” अधिकतम तापक्रम ४६ दशमलव ४ डिग्री सेल्सियससम्म रेकर्ड भएको छ। ०५२ असार २ गते उक्त रेकर्ड गरिएको हो।
यसैगरी, भैरहवामा यस वर्ष सबैभन्दा बढी तापक्रम शनिबार ४३ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो। आइतबार यो घटेर ४२ दशमलव ८ डिग्री सेल्सियसमा झर्योर। त्यहा” अहिलेसम्मको अत्यधिक तापक्रम ०५५ जेठ २७ गते ४४ दशमलव ८ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो।
नेपालगन्जको तापक्रम पनि यसपटक त्यत्तिकै बढी देखिन्छ। त्यहा”को तापक्रम विगत केही दिनेदेखि ४२ र ४३ डिग्री सेल्सियसका बीचमा छ। शनिबार र आइतबार अधिकतम तापक्रम ४२ दशमलव ३ र ४२ दशमलव ६ रह्यो। जबकि, ०६९ असार १ गते नेपालगन्जको अधिकतम तापक्रम अहिलेसम्मकै बढी ४५ डिग्री सेल्सियस पुगेको थियो।
दिपायलमा यसपटक सबैभन्दा धेरै गत १२ गते ४३ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो। शनिबार र आइतबार त्यहा”को तापक्रम ४१ दशमलव २ र ४१ दशमलव ५ डिग्री सेल्सियस भयो। अहिलेसम्मकै सबैभन्दा बढी अधिकतम तापक्रम भने ०६२ जेठ २९ मा ४४ दशमलव २ डिग्री सेल्सियस थियो।
गत आइतबार दाङको तापक्रम अत्यधिक तापक्रमनजिक पुग्यो। आइतबार दाङको तापक्रम ३९ दशमलव ९५ डिग्री सेल्सियस थियो। अहिलेसम्मको त्यहाँको अत्यधिक तापक्रम ४१ डिग्री सेल्सियस हो। ०६९ जेठ ३२ गते उक्त तापक्रम रेकर्ड भएको हो। आइतबार (२४ गते) भने दाङको तापक्रम ३८ दशमलव २ डिग्री सेल्सियस पुग्यो।
महाशाखाका अनुसार दिपायल, डडेलधुरा, धनगढी, नेपालगन्ज, दाङको तापक्रम बढिरहेको छ। तापक्रम घट्ने र बढ्ने क्रम निकै कम अन्तरमा भइरहेको देखिन्छ। ‘मध्य र पश्चिम नेपाल तापक्रमबाट सबैभन्दा बढी प्रभावित छन्,’ रिमालले भने।
प्रतिक्रिया लेख्नुहोस