टेलिकमले ल्यायो एनसेल पछार्ने योजना
काठमाडौं, ३२ साउन । नेपाल टेलिकमले मंगलबारदेखि लागू हुने गरी जिएसएम प्रिपेड मोवाइल फोनमा डाटा प्याकेज सेवा सार्वजनिक गरेको छ । टेलिकमले ३ खण्डमा बर्गिकरण गर्दै डाटा प्याकेज योजना सार्वजनिक गरेको हो ।
ब्रोञ्ज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरि डाटा प्याकेजलाई ३ खण्डमा वर्गिकरण गरिएको हो । ब्रोञ्ज प्याक एक महिनाका लागि दुईसय एमबी डाटा १ सय ३० रुपैयाँ पर्ने टेलिकमले जनाएको छ। त्यस्तै ५ सय एमबी डाटा तीनसय रुपैयाँमा पाइने समेत उसले जनाएको छ ।
सिल्भर प्याक अन्र्तगत एक जिबी डाटा ५ सय रुपैयाँमा महिनाभरि चलाउन सकिने र तीन जिबी डाटा १ हजार २ सय ९० रुपैयाँमा दुई महिना चलाउन सकिने टेलिकमले जनाएको छ ।
टेलिकमको गोल्ड प्याक अन्र्तरगत पाँच जिबीको डाटा १८ सय रुपैयाँमा तीन महिना चलाउन सकिन्छ । साथै १० जिबी डाटा २८ सय रुपैयाँमा ६ महिना चलाउन सकिने नेपाल टेलिकमले जानकारी दिएको छ ।
यो सुविधा लिनका लागि चाहिएको डाटा प्याक उल्लेख गरी १४१५ मा एसएमस पठाउनु पर्ने टेलिकमले जनाएको छ । प्रयोग गरेको डाटा प्याक थाहा पाउन भिएल टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने छ । साथै टेलिकमले २७ पैसा भन्दा कममा एक एमबी डाटा चलाउन सकिने समेत जनाकारी दिएको छ। सम्पूर्ण शुल्कमा १३ प्रतिशत भ्याट लाग्ने टेलिकमले जनाएको छ ।
-Medianp-
प्रतिक्रिया लेख्नुहोस