जोगवनी नाकामा फेरि मोर्चाको प्रदर्शन
विराटनगर-आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले सोमबार जोगवनी नाकामा केहिवेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले विराटनगर भन्सार कार्यालय नजिकैको चौतारोमा दिउँसो केहि वेर कोणसभा र प्रदर्शन गरेका हुन् ।
शनिबारको घटना पछि आइतबार नाकाबाट हटेका मोर्चाका कार्यकर्ताले सोमबार देखि पुनः शन्तिपूर्ण बिरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् । मोर्चाले नाकामा अवरोध नगरेकाले आयात निर्यात नियमित भएको विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङगानाले बताए ।
सोमबार विराटनगर नाकाबाट १ सय ६५ वटा मालबाहक सवारी भित्रिएका छन् । जसमा ६५ वटा डिजेल, ८ वटा पेट्रोल, एउटा औषधि र ९१ वटा अन्य मालबाहक सावरी रहेका छन् । विराटनगरको अवस्था सामान्य रहे पनि सोमबार मोरङको डाइनिया बजार नजिकैको झपटतल चोकमा प्रदर्शनकारी र प्रहरीवीच सामान्य झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता प्रमोद खरेलले बताए ।
-Nagariknews-
प्रतिक्रिया लेख्नुहोस