National News

केपी ओली प्रधानमन्त्रीमा निर्वाचित

२४ असोज/काठमाडौं – एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहिको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३३८ मत पाएका छन् ।

ओलीले एमालेका १८३, एमाओवादीका ८३, राप्रपा नेपालका २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२, मालेको ५ र नेमकिपाको ४ मत पाएका छन् । राष्ट्रिय जनमोचा, नेकपा संयुक्तसहितका दलले पनि ओलीलाई समर्थन गरेका छन् ।

ओलीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् । कांग्रेसको पक्षमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र केही साना दलले मात्र मत दिएका छन् ।

मतदानमा ५८७ सभासद सहभागी भएका थिए ।
-Onlinekhabar-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button