National News

काठमाडौंमा कतै धोती जुलुस, कतै सामुहिक मीत लगाइयो

२३ असोज/काठमाडौं । समाजिक सदभाव कायम होस् भन्ने सन्देश दिन भन्दै राजधानीमा धोती र्‍याली प्रदर्शन गरिएको छ । तराई मधेसमा आन्दोलन भइरहेका बेला काठमाडौंमा धोती कुर्था लगाएर प्रदर्शन गरिएको हो । स्वफूर्त रुपमा गरिएको र्‍यालीमा काठमाडौंका रैनाथेदेखि जनजातिहरुको पनि सहभागिता थियो ।

सहभागी मध्येका एक श्री गुरुङले भने-हामी तराईका दाजुुभाइको पहिचान समेट्न चाहन्छौं । तराईले पनि पराईं सोच्नु भएन । पहाडलाई पनि समेट्नपुर्छ भन्ने सन्देश दिन यो कार्यक्रम गरिएको हो ।’

सहभागीहरुले हातमा राष्ट्रिय झण्डा बोकेका थिए भने ‘सागरमाथा, मेरो जनकपुरधाम, मेरो लुम्बिनी, मेरो पशुपतिनाथ, मेरो मुस्ताङ, मेरो खप्तड, मेरो नेपाल’, एकता नै समाधान हो जस्ता प्ले कार्ड बोलेका थिए ।

मधेसी र पहाडीले काठमाडौंमा मीत लगाए

Radhika-Kahdka

शनिबार नै भृकुटीमण्डपमा पहाडे र मधेसी समुदायका युवाहरुले आपसमा मीत लगाएका छन् ।

भृकुटीमण्डपमा भेला भएर पहाडे र मधेसी समुदायवीच आपसी सदभाव कायम गर्ने उद्देश्यले मीत लगाइएको अनेरास्ववियूकी सचिव राधिका खतिवडाले अनलाइनखबरलाई बताइन् । खतिवडाले सप्तरीकी अनिता साहसँग मीत लगाएकी छिन् ।
-Onlinekhabar-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button