National News

काङ्ग्रेस र माओवादीले देशलाई बर्बादीतर्फ लान खोजे –सचिव भट्टराई

प्रस, निजगढ, २ माघ/

छिमेकी मुलुक भारतले नेपालमा संविधान जारी नहोस् भन्ने चाहँदा चाहँदै पनि केही साना दलबाहेक अन्य सानाठूला दलहरू मिलेर संविधान जारी गर्दा भारतको टाउको दुख्नुका अनेकन कारणहरू रहेको नेकपा एमालेका केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।

नेकपा एमाले नगर कमिटी निजगढले आइतवार आयोजना गरेको नगरस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि भट्टराईले जस्तोसुकै परिस्थितिमा पनि एमालेका कार्यकर्ताले मुलुकलाई विखण्डन हुनबाट जोगाउन अग्रसर हुने बताए ।
भारतको आड लिएर नेपालमा राजनीति गर्ने मधेसवादी दलहरूको लहलहैमा लागेर काङ्ग्रेस र माओवादीले जारी संविधानलाई संशोधन गर्ने बहानामा मुलुकलाई बर्बादीतर्पm धकेलिरहेको उनले जिकिर गरे।

हिमाल, पहाड, तराई एकार्काका परिपूरक रहेको बताउँदै उनले तराईलाई छुट्याएर कालान्तरमा छुट्टै राज्य बनाउने र भारतमा गाभ्ने षड्यन्त्र भएकोले सबै पार्टीका नेता, कार्यकर्ता इमानदार भएर मुलुक विखण्डन हुनबाट जोगाउनुपर्ने बेला आएको बताए।

भारत, अमेरिकालगायतका अनेकन मुलुकमा असन्तुष्ट पक्षका विरोधको बावजुद संविधान जारी भएको भएको उनले बताए। उनले भारतमा ६०/६५ प्रतिशतको हस्ताक्षरमा संविधान जारी भएको इतिहास औंल्याउँदै नेपालमा जारी संविधानमा ९० प्रतिशतको हस्ताक्षर रहेको बताए। तर केही मधेसी दलले हल्ला गर्दैमा त्यसको पछि लागेर काङ्ग्रेस र माओवादी सती जान खोजिरहेका उनले बताए। उनले जारी संविधानमा नसमेटिएका हकअधिकार छन् भने नेपाली मन लिएर बहस गर्न आग्रह गरे। तर छिमेकी भारतको आड लिएर बार्गेनिङ नगर्न र त्यसको पक्षमा एमाले नरहेको उनले प्रस्ट पारे।

इतिहास पल्टाएर हेर्दा कुनै कालखण्डमा नेपालमा सयौं वर्ष नेपाली मधेसीले शासन गरेको बताउँदै उनले एमाले मधेसविरोधी पार्टी भएको भ्रम छरिएकोले यो पार्टी नेपाल र
नेपाली भन्नेहरूको पार्टी रहेको

प्रस्ट्याए। उनले एमाले तराईबाट नै उदय भएको गौरवशाली पार्टी
भएकोले हिमाल, पहाड, तराईमा छरिएर बसेका सबै जातजातिका पार्टी रहेको बताए।

निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल, दु्रतमार्ग बन्न नदिन भारतले आनाकानी गरिरहेका बेला पार्टीका अध्यक्ष केपी शर्मा ओलीले यसको निर्माण नेपाल आपैंmले गर्ने निर्णयबाट भारत झनै रुष्ट भएको बताउँदै उनले अन्तर्राष्ट्रिय कानूनलाई समेत मिचेर भूपरिवेष्ठित मुलुक नेपालमा लामो नाकाबन्दी गरेर भारतले आफ्नो उदाङ्गो चरित्र प्रदर्शन गरेको बताए।

उनले नेपालको विकासमा छिमेकी मुलुकको अनावश्यक चासो, चिन्ता भइरहनुले राम्रो सङ्केत नदिएको औंल्याए । हामीले हाम्रो भाग्य र भविष्य बनाउने पैmसला हामीले नै गर्नुपर्छ र गर्न पाउनुपर्छ नकि कसैको इशारा वा स्यावासीबाट, उनले भने।

नेता भट्टराईले तराईलाई हातमा लिएर चुरेका प्राकृतिक स्रोतसाधनमाथि गिद्धे नजर छिमेकी देशले लगाइरहेको आरोप लगाए। अङ्गीकृत नागरिकता लिएर मुलुकको सर्वोच्च पदमा बस्ने र देशलाई बर्बाद बनाउने सोच कसैमा छ भने त्यो सपना मात्रै हुने उनले दाबी गरे ।

कार्यक्रममा बारा क्षेत्र नं. ६ का सांसद पुरुषोत्तम पौडेलले एमाले हिमाल, पहाड, तराईका जनताको लोकप्रिय पार्टी भएको बताए।

कार्यक्रममा एमाले बारा जिल्ला सचिवालय सदस्य एकबहादुर श्रेष्ठ, बारा प्रचार विभाग प्रमुख मनोज पौडेल, पार्टीका बारा स्कूल विभाग प्रमुख नारायण गौतम, एमाले बारा जिल्ला कमिटी अध्यक्ष सुन्दर विक, केन्द्रीय सदस्य दिनेश राईले मन्तव्य व्यक्त गरेका थिए।

नेकपा एमाले निजगढ नगर कमिटी अध्यक्ष दिलबहादुर लामाको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव विदुरलाल श्रेष्ठले गरेका थिए।

-Prateek Daily-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button