National News

एक खर्ब ४० अर्ब मूल्यांकनमा एनसेल बिक्री, एक्सिएटाले किन्यो ८० प्रतिशत शेयर

६ पुस, काठमाडौं । नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एक खर्ब ४० अर्ब नेपाली रूपैयाँ मूल्यांकनसहित बिक्री हुने भएको छ । एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले एनसेलमा रहेको आफ्नो हिस्सा मलेसियन दूरसञ्चार कम्पनी एक्सिएटालाई बिक्री गर्ने भएको हो ।टेलियासोनेराले एनसेलमा रहेको ६०.४ प्रतिशत स्वामित्व एक अर्ब तीन करोड अमेरिकी डलर (एक खर्ब तीन अर्ब बढी नेपाली रुपैयाँ) मा एक्सिएटालाई बिक्री गर्न लागेको विज्ञप्ती मार्फत जानकारि दिएको छ ।

टेलियासोनेराले ६०.४ प्रतिशत प्रत्यक्ष शेयरसहित हालका स्थानीय साझेदार निरज गोविन्द श्रेष्ठको नाममा रहेको २० प्रतिशत शेयर पनि भावना सिंह श्रेष्ठलार्इ बिक्री गर्ने भएको छ ।

स्थानिय साझेदार निरजले आफ्नो शेयर धितोमा राखेर टेलियासोनेराबाट २३ अर्ब रुपैयाँ ऋण लिएपछि उनको नाममा रहेको २० प्रतिशत शेयर पनि अनौपचारिक रुपमा टेलियासोनेरासँग छ । एक्जिएटाले स्थानिय साझेदारका रूपमा छानेको भावनालार्इ २० प्रतिशत शेयर करिव चार करोड असी लाख डलर (करिव चार अर्ब ८० करोड रुपैयाँ) मा बिक्री गर्न टेलियासोनेरा सहमत भएको छ ।

टेलियासोनेराले भावनाको सिंगापुरमा दर्ता भएको सुनिवेरा क्यापिटल भेञ्चर्सबाट उक्त रकम प्राप्त गर्ने छ । यसरी टेलियासोनेराले एनसेल बिक्रीबाट झण्डै एक खर्ब १० अर्व नेपाली रुपैयाँमा हात पार्नेछ । कारोबारको समापनसँगै टेलियासोनेरा र निरजबीच सन् २०१२ मा भएको व्यवस्था पनि स्वतः अन्त्य हुनेछ ।

एनसेलको तेस्रो सेयर होल्डरका रुपमा भाइजर समुहकसित रहेको १९.६ प्रतिशत सेयर पनि एक्सिएटाले खरिद गर्ने भएको छ । यसअघि एनसेलमा तीनवटा साझेदार रहेकोमा एक्जियटो प्रवेश गरेपछि दुईवटा हुनेछन् । एनसेलमा एक्जिएटाको ८० प्रतिशत शेयर रहनेछ भने स्थानिय साझेदार भावना सिंहको २० प्रतिशत शेयर रहने छ ।

सम्पूर्ण कारोवार समावेश गर्दा शेयर विक्रीबाट टेलियासोनेरामा करिब सात अर्ब पचास करोड स्विडिस क्रोनर बराबरको खुद नगद प्रवाह हुने बताइएको छ । कारोबारबाट टेलियासोनेराको खुद आयमा न्युन असर पर्ने उसको दाबी छ । यो कारोबार सन् २०१६ को पहिलो ६ महिना सम्ममा सम्पन्न हुने बताइएको छ ।

टेलियासोनेराको रणनीति
टेलियासोनेराले युरेसिया क्षेत्रका सातवटा स्थानबाट आफ्नो उपस्थितिलाई न्यून गर्दै नोर्डिक तथा बाल्टिक मुलुकका आफ्नो व्यवसायमा केन्द्रित गर्ने योजनाको घोषणा तीन महिनाअघि गरेको थियो । एनसेलको सेयर बिक्रीलाई उक्त योजना अनुरुपको पहिलो कदम तथा ठोस प्रमाणका रुपमा कम्पनीले व्याख्या गरेको छ ।

‘एक्सिएटालाई एउटा नयाँ धनीको रुपमा देख्न पाउँदा पनि मलाई खुशी लागेको छ । यसबाट एनसेललाई अर्को उचाइमा पुर्‍याउनका लागि हाम्रा समर्पित कर्मचारीहरुले असल साथ पाउछन् भन्ने कुरामा म विश्वस्त छु,’ टेलियासोनेराका प्रेसिडेन्ट तथा कार्यकारी प्रमुख योहान डेनेलिन्डले भनेका छन् ।

दक्षिण एशियाको शक्तिशाली एक्सिएटा
मलेशियाको स्टक एक्सचेन्जमा अनुसूचित एक्सिएटा दक्षिण एशियामा केन्दि्रत ख्यातीप्राप्त कम्पनी हो । यसका हाल छब्बीस करोड भन्दा धेरै ग्राहक तथा पच्चीस हजार कर्मचारी छन् ।

एक्सिएटाको हाल मलेसिया, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, भारत, सिंगापुर र पाकिस्तान लगायतका एशियाको दुरसञ्चार क्षेत्रमा रहेको सम्पत्ति पोर्टफोलियोलाई एनसेनलले बढाउने छ ।

‘जिम्मेवारीपूर्वक वहिर्गमन हाम्रो लागिअति महत्वपूर्ण छ । भुकम्पपश्चातको नेपालको पुनर्निर्माणमा हामी नेपाल सरकारसँगहाम्रो सहकार्य जारी राख्नेछौं,’ योहान डेनेलिन्डले भने ।
-Onlinekhabar-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button