Birgunj NewsNational News

उपप्रधानमन्त्री गच्छदारद्वारा आचारसंहिता उलंघन, २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन

२४ भाद्र २०७४-निर्वाचन आयोगले उपप्रधानमन्त्री विजयकुमार गच्छदार र उर्जाराज्यमन्त्री अमरसिंह पुनले निर्वाचन आचार संहिता उलंघन गरेको उल्लेख गर्दै २४ घण्टा भित्र स्पष्टीकरणका लागि निर्देशन दिएको छ । ‘आचारसंहिता उलंघन गरेको बिषयमा किन कारवाही नगर्ने ? भन्ने प्रश्न सहित आयोगले २४ घण्टा भित्र स्पष्टीकरण दिन मन्त्रीहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट वीरगञ्ज महानगरका उम्मेद्वार विमलकुमार श्रीवास्तवले पनि आचारसंहिता उलंघन गरेकाले उनको ‘उम्मेद्वारी रद्द किन नगर्ने ? भन्दै आयोगले २४ घण्टा भित्र स्पष्टीकरण मागेको छ ।

वीरगञ्ज महानगरपालिकाको निर्वाचनको उपप्रधानमन्त्री गच्छदार सहित नेपाल लोकतान्त्रिक फोरम पार्टीका नेता कार्यकर्ताहरूले आचारसंहिता विपतरि गाडी र मोटरसाईकल र्‍याली निकालको आयोगको निर्णय छ । उम्मेद्वारको श्रीवास्तवको पक्षमा प्रचारका लागि गच्छदार सहितका नेताहरुले आचारसंहिता विपरीत हुनेगरी र्‍याली गरेका थिए ।

लोकतान्त्रिक फोरमले २०/२५ वटा गाडीहरू र १०० वटाभन्दा बढी मोटरसाइकलसमेतको र्‍याली/जुलुस निकालीको भन्ने उजुरी आयोगमा परेको थियो । त्यही उजृुरी छानविन गरी आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसैगरी राज्यमन्त्री पुनले बाराको जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिंडेको भन्ने उजुरीको छानविन गर्दै आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । राज्यमन्त्री पुनले सरकारी साधान स्रोतको दुरुपयोग गरी आचार संहिताले उलंघन गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

Source
eKantipur
Show More

Related Articles

Back to top button