सरोबर सिङ्गीङ स्टार २०७२ मा उत्कृष्ट १० छनौट
२५ असोज/हेटौंडा – नारायणी मल व्यवसायी संघको सहकार्यमा रेडियो सरोबरले आयोजना गरेको गायन प्रतियोगिता ‘सरोबर सिङ्गीङ स्टार–२०७२’ मा सोमबार भएको कार्यक्रमबाट उत्कृष्ट १० प्रतिस्पर्धीको छनौट गरिएको छ ।
हेटौंडाको नारायणी मलमा भएको कार्यक्रममा निर्णायकको ७५ प्रतिशत मत र २५ प्रतिशत एस.एम.एस. भोटिङका आधारमा स्वस्तिका ढकाल, दिपेश श्रेष्ठ, बिपना मोक्तान, सुरज भोलन, सुनिता अर्याल, ध्रुव पण्डित, सुसन शाही ठकुरी, राजकुमार विश्वकर्मा, राजु श्रेष्ठ राजगोपाल र पारु महरा उत्कृष्ट १० मा पर्न सफल भएका हुन् । त्यसैगरि प्रतियोगिताबाट विकास लामा, रविप्रमि लामा, ईन्दिरा दुलाल र सरु श्रेष्ठ बाहिरीएका छन् ।
कार्यक्रममा मकवानपुरकै चर्चित संगितकर्मी महासत्व बज्राचार्य र चर्चित गायक अञ्जन दाहालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट १४ मा पर्न सफल सहभागीहरुको गायन, नेपालकै चर्चित बिबोइङ डान्स् ग्रुप द डाईनामिक क्र्यिूको बिबोईङ डान्स्, मामाघरका भाञ्जाहरु र सृजना कला केन्द्रको नृत्य प्रस्तुतिका साथै अन्य विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।
गत भदौ २२ गतेदेखि सुरु भएको गायन प्रतियोगितामा प्रथम हुनेले रु. २५ हजार, द्धित्तिय हुनेले रु. १५ हजार र तृतिय हुनेले रु. १० हजार नगद पुरस्कारसहित अन्य जिन्सी पुरस्कार प्राप्त गर्ने छन् ।
-चन्द्र घलान-
प्रतिक्रिया लेख्नुहोस