Bindabasini GaupalikaLocal LevelsParsa Newsप्रदेश २

दोसिलाई कारवाही हुनुपर्छ – सह संयोजक मितरदेव यादव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृसंगठन अनेरास्ववीयु पर्साले गाँउपालिका सचिव चौरसीयाको घटनामा संलग्न दोषि उम्कनु नदिने जनाएको छ ।

अनेरास्ववीयु पर्साका सहसंयोजक मित्रदेव यादवले शनिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै झडपलाई रोक्न पुगेका चौरसीया माथी निर्मम तरीकाको कुटपिटले मृत्यु भएको भन्दै छानबिन गरी दोषिलाई कारवाही माग गरेका छन । उनले मृतक चौरसीयाको चिरशान्तिको कामना गर्दै झडपमा परि घाईते भएकाहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।चौरसीयाको घटनामा सलंग्न दोषि भएकालाई तत्काल सत्यतथ्य बुझि कडा भन्दा कडा कारवाही माग गरेको बताए । उनले चौरसीया घटनामा संलग्न जो सुकै भएपनि कुनैपनि बहानामा उम्कन नपाईने चेतावनी दिएका छन । बिहीवार पर्साको विन्दावासनी गाँउपालिका ५ प्रसौनीभाठामा झडपमा परी घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

बिहीवार दिउँसो १२ बजे विन्दावासनी गाँउपालिका शपथ ग्रहण कार्यक्रममा झडप हुदाँ ८ जना घाइते भएको थिए । जसमा ४ जना उपचार गरी घर फर्केका छन्। मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको क्रममा नै चौरसीयाको वीरगन्जको एल.एस न्युरो अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस

Show More

Related Articles

Check Also
Close
Back to top button