Health & Beauty

थुकबाट थाहा हुन्छ तपाइँ कति दिन बाँच्ने

एजेन्सी । कुनै पनि मानिसको मृत्यु कति समयपछि हुन्छ भन्ने पत्ता लगाउने सजिलो विधी पत्ता लगाएको दावी बैज्ञानिकहरुले गरेका छन् । मुखबाट निस्किने र्‍याल (थुक) बाट मान्छेको आयुबारे अनुमान गर्न सकिने उनीहरुको भनाइ छ ।

बैज्ञानिकहरुले हालै गरेको शोधमा मानिसको जीवन र मृत्युको बारेमा थुकबाट भन्न सकिने पत्ता लागेको हो । मानिसको आयु कम हुँदै जाँदा शरीरमा एन्टीबडी घटिरहेको हुन्छ । थुकबाटै मानिसको स्वास्थ्य अवस्था र सम्भावित मृत्युबारे समेत भविष्यवाणी गर्न सकिने बैज्ञानिकहरुको भनाइ छ ।

करिव ७०० जना बयस्क मानिसहरुमाझ गरिएको यो अध्यन सन् १९९५ मा शुरु भएर १९ वर्ष पछि सकिएको थियो । अध्यन गरिएका मानिसहरुमा मृत्यु हुने समयमा secretory immunoglobin A (IgA) एन्टीबडीको स्तर घटिरहेको पाइयो ।

बेलायतको बर्मिङ्घम विश्वविद्यालयका डाक्टर फिलिप्सले बताए अनुसार शरीरमा जति बढी एन्टीबढी उत्पादन हुन्छ र यसलाई कायम राख्न सकिन्छ त्यसबाट मानिसको स्वास्थ्य र आयु समेत निर्धारित हुन्छ । यस्ता कुरामा पुरै नियन्त्रण गर्न नसकिएपनि तनाव, भोजन, शारीरिक अभ्यास, मदिरा सेवन जस्ता कुराले शरीरमा एन्टीबडीको निर्माणमा असर पर्ने बताइन्छ ।
-Nepaliheadlines-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button