Featured Stories
चंगा र पिङ खेल्दा ध्यान दिनुस्
चाडपर्वमा रमाइलोका लागि चंगा उडाइन्छ ।
सुरक्षित ठाउँमा मात्र चंगा उडाउनुपर्छ ।
आफूले उडाएको चंगा अर्काले चेट गर्यो भनेर रिसाउने, झगडा गर्ने आदि काम गर्नु हुँदैन ।
चंगा छतबाट उडाइने भएकाले वरिपरि बार भए–नभएको ख्याल गर्नुपर्छ ।
चंगा उडाउने धागोले हात काट्न सक्ने भएकाले ध्यान पुर्याउनुपर्छ ।
दसैंका बेला धर्ती छोड्नुपर्छ भन्ने मान्यताका कारण पिङ खेलिन्छ ।
पिङ खेल्दा पिङ कत्तिको बलियो छ भन्ने कुरा ख्याल गर्नुपर्छ ।
पिङ खेल्दा धेरै मच्चाउनु हुँदैन, लड्ने तथा पिङ उल्टिने सम्भावना हुन्छ ।
पिङको डोरी बलियोसँग समात्नुपर्छ ।
पिङ रोकिएपछि मात्र ओर्लनुपर्छ अन्यथा लडिने डर हुन्छ ।
प्रतिक्रिया लेख्नुहोस