मुम्बई–सलमान खानको फिल्मबाट आफ्नो करियर गरेकी फिल्म अभिनेत्री स्नेहा उल्लाल बलिउडमा आफ्नो नयाँ फिल्म ‘बेजुबान इश्क’ मार्फत पुन देखा पर्दैछिन। भारतीय संचारमाध्यमका अनुसार स्नेहा उल्लाल दशवर्षपछि बलिउडमा पुनरागमन गर्न लागेकी हुन्।
‘धेरै कम मानिसमात्र गायव भएर पुनरावगनम गर्छन,’ उनले भनिन, ‘किनभने बलिउड कसैलाई पनि दोस्रो मौका दिँदैन।’ उनले सलमानको ‘लकी’ फिल्ममार्फत बलिउडको यात्रा तय गरेकी थिइन। उक्त फिल्ममा सलमान खानजस्ता चर्चित अनुहार भएपनि फिल्मले बक्स अफिसमा असफल रह्यो। बलिउडमा असफल भएपछि उनले तेलुगु फिल्म उद्योगमा केही वर्ष अभियनसमेत गरिन्।
स्नेहासँग हिन्दी फिल्म असफल हुनुको आफै कारण छ। ‘जतिबेला म बलिउडमा प्रवेश गरें त्यतिबेला मेरो उमेर १५ वर्षको मात्र थियो,’ उनले भनिन, ‘त्यही बेला फिल्ममा अभिनय गर्ने अफर आयो त्यो पनि सलमान खानबाट। तर मैले त्यस बेला कडा मेहनत गरिन।’सलमान खानले ऐश्वर्य रायसँगको प्रेम असफल भएपछि ऐश्वर्य रायको अनुहारसँग मिल्दोजुल्दो अनुहार भएका स्नेहा उल्लाह र जरिन खानलाई बलिउडमा ब्रेक दिएका थिए। तर सलमानले ब्रेक दिएका दुई अभिनेत्री नै बलिउडमा असफल भएका छन्।
प्रतिक्रिया लेख्नुहोस