Bollywood

शाहरुखले टिशर्ट फ्याँक्दा भएको थियो भागदौड

आफ्नो आगामी फिल्म रइसको प्रमोसनका लागि नौलो शैली अपनाएका बलिउड अभिनेता शाहरुख खानलाई मंगलबार ठूलै झट्का लाग्यो । उनलाई हेर्न आउनेहरुबीच भएको भागदौडमा एक व्यक्तिको मृत्यू भएपछि रेल्वे प्रहरीले अनुसन्धान अघि बढाएको छ । बडोदरा स्टेसनमा भएको सो घटनामा तीन जना घाइते भएका थिए ।

बडोदरा रेल्वे पुलिसका आयुक्त शरद सिंहलले यस मामलालाई लिएर अनुसन्धानको आदेश दिएका हुन् । सिंघलले भने, ‘त्यहाँ धेरै जटिल अवस्था थियो, जसले गर्दा थोरै पुलिस फोर्स हुनुको बाबजुद हामीले बल प्रयोग गर्नुपर्‍यो ।’ सिंघलका अनुसार त्यहाँ अतिरिक्त प्रहरी बलको माग गरिएको थियो कि थिएन भने र अनुसन्धान गरिने छ र यदि थिएन भने आयोजकमाथि कानूनी कारवाही हुन सक्ने छ ।

शाहरुख रेल्वे स्टेसनमा पुग्नुभन्दा अगाडि नै प्लेटर्फममा यति ठूलो भिड जम्मा भइसकेको थियो कि रेल्वेको प्लेटर्फम टिकट नै बेच्न बन्द गर्नुपरेको थियो । बडोदरा रेल्वे मण्डलका प्रवन्धक अमितकुमारका अनुसार रेल्वे डिपार्टमेन्टलाई जानकारी थियो कि शाहरुख यसप्रकारले यात्रा गर्दैंछन् । यस्तो दुखद घटना कसरी भयो भनेर रेल्वे मण्डलले आफ्नै अनुसन्धान कमिटी बनाएको छ ।

भागदौडमा मारिएका फहीद खान स्टेशनमा शाहरुखलाई हेर्न गएका थिएनन् । उनी आफ्ना नातेदारलाई खाना पुर्‍याउन त्यहाँ गएका थिए । उनका नातेदार त्यही ट्रेनमा आउँदै थिए जून ट्रेन शाहरुखसहित रइसको टिम थियो । फरीदलाई शाहरुख त्यहाँ आउँदैछन् भन्ने थाहा थिएन । उनी त्यहाँ पुगेकै बेला शाहरुखले भिडतर्फ आफ्नो टिशर्ट र बल फ्याँके जसलाई टिप्न छिनाझप्टी गर्दा भागदौड भयो । मानिसहरु एक-अर्कामाथि लड्न पुगे । यही क्रममा फरीद पनि लडे । उनी धेरै मानिसहरुबाट किचिए र उनको ज्यान गयो ।

-Onlinekhabar-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button