मुम्बई- बलिउड अभिनेता गोविन्दाकी छोरी टीना अहुजा (नर्मदा)ले बलिउडमा डेब्यू गर्ने भएकी छन्। उनले धर्मेन्द्र र पञ्जाबी अभिनेता गिप्पी ग्रेवाल अभिनित ‘सेकेन्ड ह्यान्ड हजबेन्ड’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गर्नेछिन्।
यसअघि पनि टीनाले विभिन्न फिल्ममार्फत् डेब्यू गर्ने चर्चा चलेको थियो। सलमान खान र वीजेन्द्र सिंहसँग डेब्यू गर्ने चर्चा चलेको थियो। सलमान खानसँग खेल्ने कुरा झुटो रहेको टीनाले बताइन्। तर वीजेन्द्र सिंहसँग फिल्म खेल्ने कुरा साँचो रहेपनि प्राविधिक कारणवश सुटिङ सुरु नभएको उनले बताइन्।
फिल्म विवाह र पारपाचुकेसम्बन्धी रहेको बताइएको छ। ‘लेजेन्ड हिरो धर्मन्द्रजीसँग अभिनय गर्न पाउनु चानचुने कुरा होइन,’ टीनाले भनिन्।
प्रतिक्रिया लेख्नुहोस